४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

१६ लाख २० हजार कित्ता आईपीओ निष्काशन गर्दै डोलेश्वर भिलेज

४ चैत, काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिन लागेको हो।

कम्पनीको विशेष साधारणसभाले जारी पूँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख २० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रस्ताव पारित गरेको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार १६:१५