४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

४ चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। चैत ६ गते शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

बैठकमा चुनावी समीक्षालगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार १५:५२