सांसदहरूलाई रविले भनेः सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनू
४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गर्नुभएको छ ।
मंगलबार ललितपुरको रोयल टुलिप होटलमा अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै लामिछानेले सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन अनुरोध गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् । सेवालाई चुस्त बनाउनुस् । म बाध्यकारी भन्दिनँ।’ उहाँले अस्पतालको बेड प्राप्त गर्नका लागि पनि सोर्स फोर्स लगाउनु पर्ने विषय अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
साथै, उहाँले जनताले दिएको ठूलो जिम्मेवारी ग्रहण गर्नुपर्ने बताउँदै यसलाई ख्याल गर्न आग्रह गर्नुभयो ।
प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार १४:५१













