४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मन्त्रिपरिषद्को टुंगो लागेको छैनः रवि लामिछाने

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको बताउनुभएको छ । पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै उहाँले आजको दिनसम्म अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘अहिलेसम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन । बलियो मन्त्रिपरिषद् बनाउँछौं। ’

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार १४:४०