४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

दुर्घटनामा परेको हेलिकप्टरका पाइलटसहित ६ घाइतेको उद्धार

४ चैत, काठमाडौँ । खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ । आज बिहान काठमाडौँ अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन-एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान करिब ११ः५५ बजे असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।

भुलका अनुसार दुर्घटनामा परी पाइलटसहित छ जना सामान्य घाइते भएका छन् । घाइतेलाई काठमाडौँबाट गएको अर्काे हेलिकप्टरबाट उद्धार गरी ल्याइएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार १३:५३