उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न आवश्यकः अध्यक्ष घिमिरे
४ चैत, काठमाडौँ । नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले उच्च तथा दिगो आर्थिक विकासका लागि कोषले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुएकाे छ । नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा बाेल्दै अध्यक्ष घिमिरेले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै कोषले विभिन्न बचत योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो । नियामक निकायको मार्गदर्शन र कर्मचारीको समर्पणका कारण कोषले व्यावसायिक प्रगति हासिल गर्न सकेको उहाँको भनाइ छ ।
प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार १३:४०













