२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

भारतीय रेल्वे लिकमा भेटियाे दुई नेपाली छात्राकाे सव, कोठामा फेलापर्याे ‘सुसाइड नोट’

२९ माघ, वीरगञ्ज । भारतीय रेल्वे लिकमा दुई नेपाली छात्राकाे सव भेटिएकाे छ । उनिहरूकाे कोठामा ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थल र भारतीय समकक्षीलाई भेटेर आएका पर्सा प्रहरीले वीरगञ्ज रानीघाटमा ती छात्रा बस्ने कोठा फोरेर खानतलासी गर्दा सुसाइड नोट पाएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा भूषण यादवले लेखेका छन् ।

प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘भित्र पस्नासाथ देखिने गरी सुसाइड नोट राखिएको थियो ।’

पर्साको कालिमाई गाउँपालिका –२ भेडिआरीकी निभा कुमारी र सोही गाउँपालिका –३ हरिहरपुरकी किरण चौरासियाको शव आइतबार बिहान सीमावर्ती रक्सौल–सुगौली खण्डको कनमा ढाला नजिकै क्षतविक्षत अवस्थामा फेला परेको थियो । एक जनाको घाँटी र अर्कोको दुवै घुँडा माथिको भाग छिनेको थियो ।

रातो मसीले लेखिएको सुसाइड नोटमाथि रातो गुलाब र घडी राखिएको थियो । सुसाइड नोटमा कसैलाई आरोप लगाइएको छैन ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार ०७:५७