आइपीओ निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टरले बाेलायाे साधारण सभा
४ चैत, काठमाडौं। आइपीओ निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत २ गते बसेको संचालक समितिको बैठकले चैत २७ गते अरण्य बुटिक होटल, नागपोखरी काठमाडौंमा बिहान १०ः३० बजे चौथो वार्षिक साधारण सभा बोलाएको हो ।
सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु स्वीकृत गर्ने प्रस्ताव पेश गरिनेछ ।
साथै आव २०८२/८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने एजेण्डा रहेको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा ६१ करोड २५ लाख रुपैयाँ बराबरको ६१ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।
प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार १०:२१













