४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

सामुदायिक लघुवित्तले बाेलायाे साधारण सभा, सेयर संरचना र मर्जरमा जाने मुख्य एजेण्डा

४ चैत, काठमाडाैं। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर परिमार्जन गर्ने भएको छ । कम्पनीकाे संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने मुख्य प्रस्ताव राखेर १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीकाे चैत ३ गते बसेको संचालक समितिको बैठकले चैत २७ गते होटल उग्रचण्डीको सभाहल, बनेपा–०७, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा बाेलाएकाे हाे ।

सभाले कम्पनीको हाल संस्थापक सेयर समूह र सर्वसाधारण समूहको सेयर क्रमशः ६१ः११ र ३८ः८९ रहेकोमा साविक सामुदायिक लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर मात्र संस्थाको कुल चुक्तापूँजीको ८.६५ प्रतिशतले सर्वसाधारण सेयरमा परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फबाट ५३.७२ प्रतिशत र सर्वसाधारण समूहको तर्फबाट ४६.२८ प्रतिशत सेयर स्वामित्व हुनेगरी पूँजी संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, वित्तीय संस्था अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलााई अख्तियारी प्रदान गर्ने पनि मुख्य प्रस्ताव रहेको छ । कम्पनीले चैत १८ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । यसकाे अर्थ चैत १७ गतेसम्म कायम सेयरधनीले सभामा सहभागि हुन पाउनेछन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार ०९:५९