एक कम्पनीको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा
४ चैत, काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीको गत मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १६.५७८९४७३७ प्रतिशत नगद लाभांश सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिदिएको हो ।
साथै, मंसिर ५ गतेपश्चात बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको नगद लाभांश पनि क्रमशः सम्बन्धित बैंक खातामा जम्मा गरिदिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार ०९:१९













