३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

३ चैत, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैकले ऋणपत्र निष्कासन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

६ वर्ष अवधिमा बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रमा वार्षिक ६.२५% दरमा ब्याज र भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ ।

जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १६:२४