४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति

३ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उहाँ तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १३:०४