४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

यो अवसरलाई सदुपयोग गर्न नसके आफैँले आफैँलाई माफ गर्न गाह्रो हुन्छः उपसभापति अर्याल

३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनताले आफूहरूलाई इतिहास लेख्ने अवसर दिएको बताउँदै त्यसमा लाग्न नवनिर्वाचित सांसदहरूलाई आग्रह गर्नुभएकाे छ ।

मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने गर्दै अर्यालले इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभएकाे हाे ।

‘यो इतिहास लेख्ने सुवर्ण अवसर हो । इतिहास लेख्ने मात्रै होइन । हामीले इतिहास लेख्ने यो अवसरलाई सदुपयोग गर्न सकेनौं भने हामीले आफूले आफूलाई माफ गर्न गाह्रो हुनेछ,’ अर्यालले भन्नुभएकाे छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १२:५९