शिखर पावरको आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?
३ चैत, काठमाडौं। शिखर पावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
कम्पनीको आइपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । जसमा ३६ हजार ५०० जनाको ४ लाख २२ हजार २०० कित्ता सेयरमा परेको आवेदन बदर भएको छ ।
कुल परेको आवेदनमध्ये २६ लाख ५० हजार ८४७ जनाको आवेदन अर्थात् २ करोड ८३ लाख ९४ हजार ७९० कित्ताका लागि परेको आवेदन सदर भएको छ । कुल सदर आवेदनमध्ये १ लाख ८४ हजार २६० जनाले मात्रै १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बाँकी २४ लाख ६६ हजार ५८७ जनाको हात खाली भएको छ ।
प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार ०९:०४










