वाममाथि गोकुलको टिप्पणीः फिचरविनाको नोकियाको ब्राण्डिङ
३ चैत, काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली वामपन्थीको हालत फिचरविनाको नोकियाको ब्राण्डजस्तो बनेको टिप्पणी गर्नुभएको छ । मंगलबार बिहान फेसबुक मार्फत टिप्पणी राख्दै उहाँले नेपाली वामपन्थीले यो चुनावमा ६२ प्रतिशत लस व्यहोरेको उल्लेख गर्नुभएको छ ।
नेता बाँस्कोटाले सुपरमार्केट नाङ्गलो बन्यो भनेर चासो राख्न आवश्यक नभएकाले रेडिमेट समिक्षा मार्फत धोका, घेराबन्दी, षडयन्त्रको निष्कर्ष निकाल्न सुझाव समेत दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘काकाको बारीको समेत हिसाब गर्दा 62% लस परेछ-वाम पसललाई यो पल्ट । सुपर मार्केट नाङलो बन्यो भनेर चासो राख्न आवश्यक देखिन यसर्थ कि खतरा विष्लेषण र संस्लेषण रेडि नै होला-धोका, घेराबन्दी, षडयन्त्र आदि भन्ने । सिण्डीकेट, प्रतिशोध र प्रालिको कुरा पर्दैन । अब फिचरविनाको नोकियाको ब्राण्डिङ न हो।’

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार ०७:१७










