सर्दन नाइटस क्रिकेट क्लबले जित्यो एक्सपर्ट एन्का सुपर लिग, उत्कृष्ट खेलाडी अंकित श्रेष्ठ
एडिलेड । एडिलेडमा जारी एक्सपट एन्का सुपर लिग क्रिकेट २०२५/२६ को फाइनलमा सर्दन नाइटस क्रिकेट क्लबले विजय हासिल गरेको छ ।
सर्दन नाइटसले रोमाञ्चक खेलमा भिएक्सेल युनाईटेडलाई ९ उइकेटले पराजित गरेको छ ।
पहिला व्याटिङ गरेको भिएक्सेल युनाईटेडले २० ओवरमा ९ उइकेटको क्षतिमा १३३ रन बनाउन सफल भएको थियो भने दोस्रो पालीमा व्याटिङ गर्दै सर्दन नाइटसले १३.४ ओवरमा एक उईकेटको क्षतिमा १३६ बनाउन सफल भएको थियो ।
खेलमा सर्दन नाइटसका अंकित श्रेष्ठ लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए । श्रेष्ठले फाइनलमा ४ उइकेट लिन सफल भएका थिए । 
खेलमा सर्दन नाइटसका कप्तान गोविन्द कार्की ३६ बलमा ६६ रन, संगम गौतमले ४४ बलमा ५९ रन र सागर कडेलले ४ बलमा ४ रन बनाएका थिए । भने अंकित श्रेष्ठले ४, अनुप भुषालले २ र गोविन्द कार्की र संगम गौतमले १-१ उईकेट लिएका थिए ।
यसैगरी भिएक्सएल युनाईटेडका कप्तान संजय खत्रीले ३८ बलमा ४६ रन, अंकित श्रेष्ठ ५ बलमा १२, मनिष खकुरेलले ३३ बलमा २९ , सुवास खकुरेल ५ बलमा ८, आशिष पोखरेलले ५ बलमा ४ रन, अंकित श्रेष्ठले ५बलमा १२ रन बिज्ञान भारीले १२ बलमा १२ रन बनाउन सफल भएका थिए । भने कप्तान संजय खत्रीले १ उइकेट लिएका थिए ।
लिगको समापन कार्यक्रममा विजयी टिमलाइ रनिङ शिल्ड, अष्ट्रेलियन डलर ४००० सहित खेलाडीहरुलाइ मेडल प्रदान गरिएको थियो भने उप विजेता टिमलाइ अष्ट्रेलियन डलर १००० सहित खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो । विजयी टिमलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एडिलेडका निर्देशक रुपक बर्तौला, एन्का अध्यक्ष बिजय जोशीले कप तथा चेक हस्तान्तरण गर्नु भएको थियो । भने खेलाडीहरुलाई मेडल बालबालिकाहरुको टिम एन्का जेम्सका खेलाडीहरुले लगाइदिएका थिए ।
समापन कार्यक्रममा एक्सपर्ट एजुकेशन एडिलेडका निर्देशक बर्तौलाले विजयी टिमलाई बधाई दिदै महत्वपुर्ण प्रतियोगिताको सहयोगी हुन पाउदा खुशी लागेको बताउनु भयो । एन्का अध्यक्ष जोशीले खेलाडी अफिसियल, प्रायोजक सहित सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । उनले २०२० शुरु भएको लिगले २०२६ सम्ममा आइपुग्दा स्तरमा निकै बृद्धि भएको बताउदै आगामी दिनमा नेपाली खेलाडीहरुको भविष्य निर्माणमा लिग सहयोगी हुने बताउनु भयो ।
यसै विच खेल समापन पछि आयोजित सर्दन नाईटको रात्री भोजमा म्यान अफ द म्याच अंकित श्रेष्ठलाई सम्मान गरिएको थियो । जसमा क्लव र स्पोन्सरहरुबाट गरि १५०० अष्ट्रेलियन डलर सहितले सम्मान गरेको थियो । भने उत्कृष्ट प्रदर्शनका लागि क्लवका तर्फबाट गोविन्द कार्की र संगम गौतमलाई जनही २५० अष्ट्रेलियन डलरले सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्लवका अध्यक्ष बिकास सुवेदीले आयोजक एन्का, प्रतियोगिताका प्रायोजकहरु, क्लवका प्रायोजकहरु, खेलाडी, अफिसयल, खेलाडीका परिवारहरु सहित सबैमा धन्यवाद र आभार व्यक्त गर्नुभएको थियो । भोजमा मुख्य प्रायोजक एक्सपर्ट एजुकेशनका निर्देशक रुपक बर्तौला, लोन सोलुसनका अशोक अधिकारी लगायतकाले बधाई ज्ञापन गर्नु भएको थियो ।



प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार १८:५२










