४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
२ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा गिराव आएको छ । यस दिन नेप्से २६.०७ अंकले घटेर २७९८.८३ को विन्दुमा बन्द भएको छ । सोमबार ४८ वटा कम्पनीहरूको सेयर मूल्य बढेको छ भने २११ कम्पनीहरूको सेयर मूल्य घटेको छ । यस दिन ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला हाइड्रोपावर, सोलु हाइड्रोपावर र सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार १५:१४










