सिटिजन्स बैंकमा झण्डै ५ करोड हिनामिना, प्रहरीमा उजुरी
२ चैत, काठमाडौं । विराटनगरको कञ्चनबारीमा रहेको सिटिजन्स बैंकमा ४ करोड ९१ लाख हिनामिना भएको पाइएको छ । बैंकका कर्मचारीको मिलेमतोमा सो रकम हिनामिना भएको पाइएपछि बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ ।
बैंकले सो रकम हिनामिना भएको भन्दै प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयको प्रमुख प्रमुख प्रहरी उपरीक्षक एसपी कवित कटवालले बताउनुभयो । अनुसन्धानका लागि आवश्यक कागजात माग भइ छानबिन थालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार १३:५६










