जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माईतीघरमा प्रदर्शन
२ चैत, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
उनीहरूले सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन लुकाएर राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् । माइतीघर मण्डलामा उनीहरूले आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।
प्रदर्शनकारीहरूले प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीउपर कारबाही र युवाहरूका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार १३:२७










