मध्य भोटेकोशी जलविद्युत कम्पनीका अध्यक्ष तुलसीराम ढकालले दिए राजिनामा
२ चैत, काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा फणिन्द्र राज जोशी नियुक्त हुनुभएको छ । कम्पनीको चैत १ गते बसेको संचालक समितिको बैठले कम्पनीको अध्यक्ष पदमा जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि अध्यक्ष पदमा रहनुभएका तुलसीराम ढकालले संचालकमा मात्रै रहने गरी अध्यक्ष पदबाट राजीनामा दिएका कारण रिक्त पदमा जोशीलाई आजैदेखि लागू हुनेगरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार ११:३६










