३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

२ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबारको दिन सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ ।  त्यस्तै, चाँदीको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको छ । आइतबार यो मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार १०:५७