२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम विरूद्ध ७० लाख भ्रष्टाचार मुद्दा

१ चैत, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अधिकारीले ७० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

अधिकारीले  एच.के इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा  राजस्ज चुहावट सम्बन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरण बापत ७० लाख रूपैयाँ घुस लिएको अभियोगपत्रमा उल्लेख गरिएको छ । झलकरामले विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँगको मिलेमतो गरी ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराईज बैंक लगायतबाट रकमको स्वरूप परिवर्तन गरेर ल्याएको देखिएको छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १७:१०