रास्वपा सचिवालय बैठक सुरु
१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।
पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यमबाट बैठकमा जोडिनुभएकाे छ । उहाँ केही दिन यता स्वास्थ्यका कारण घरमै आराम गरिरहनुभएकाे छ । आजको बैठकले समानुपातिक तर्फबाट पठाउने व्यक्तिहरूको नाम टुंगो लगाउने छ ।
प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १२:५७










