३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

नुवाकोटको भञ्ज्याङफेदीमा माइक्रोबस सडकमै पल्टियो

३० फागुन, नुवाकोट । नुवाकोटको भञ्ज्याङफेदीमा एउटा माइक्रोबस सडकमै पल्टिएको छ । शनिबार बिहान नुवाकोट जिल्लाको विदुर नगरपालिकाको सामरी त्रिशुली सडक खण्डको भञ्ज्याङफेदी नजिकै बागमती प्रदेश ०८ ००१ ज ००३६ नम्बरको माइक्रोबस दुर्घटनामा परेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार ०८:२७