शेरबहादुर तामाङलाई गोकुल बाँस्कोटाको मुखभरीको जवाफ
३० फागुन, काठमाडौँ । नेकपा एमालेका नेताहरू व्यक्तिगत रूपमा आरोप प्रत्यारोपमा उत्रिनुभएको छ । नेता गोकुल बाँस्कोटाले फेसबुक मार्फत सार्वजनिक गरेको टिप्पणीमा आफ्नो निर्वाचन क्षेत्रसमेत जोगाउन नसक्ने नेताहरूले अध्यक्ष केपी ओलीलाई दोष देखाएर उम्किन नमिल्ने बताउनुभएको थियो । त्यसको जवाफमा शनिबार बिहान बाँस्कोटाले मुखभरीको जवाफ दिनुभएको छ ।

बाँस्कोटाले भन्न मन थिएन भन्दै तामाङको अवसरवादी चिन्तन र चरित्रमाथि प्रहार गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन।म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन,पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होईन । ०३८ यताका ईतिहस हेरौ न।’
बाँस्कोटाले भने एमाले अध्यक्षको राजीनामा माग्ने वा कमिटी भंगको माग अहिलेसम्म गर्नुभएको छैन । तर तामाङले बाँस्कोटाको नामै लिएर टिप्पणी गरेपछि उहाँले यस्तो जवाफ दिनुभएको हो ।

तामाङले शुक्रबार एक कार्यक्रममा भन्नुभएको थियो, ‘हामीले ६ महिना अगाडि महाधिवेशन गरेर आएका थियौँ। तर हाम्रो पनि कार्यविभाजन समेत भइसकेको छैन। कोही एउटा नेतालाई अथवा फस्ट नेतालाई दोष लगाएर उम्किने ठाउँ कसैलाई छैन । आफ्नो निर्वाचन क्षेत्र, आफू प्रभावित क्षेत्र जोगाउन सकेर त्यसपछाडि ती आवाजहरू उठेको थियो भने यसलाई केही भन्न सकिन्थ्यो होला । आफ्नो क्षेत्र पनि जोगाउन नसकेका साथीहरूले कोही एउटा नेतालाई आरोप लगाएर उम्किने ठाउँ छैन ।’
प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार ०७:३८










