छहरे-टोखा सडकमा उपसचिवले गाडी सिक्दा दुर्घटना
३० फागुन, नुवाकोट । नुवाकोटको शिवपुरीमा एक सरकारी कर्मचारीले गाडी चलाउन सिक्दा अर्को मोटरसाइकलमा ठक्कर दिएका छन । छहरे-टोखा सडकको नुवाकोटको शिबपुरी -७ गुरुङगाउँमा कारागार व्यवस्थापन विभागका उपसचिव भेषबहादुर कुँवरले गाडी सिक्ने क्रममा एउटा मोटरसाइकललाई ठक्कर दिनुभएको हो ।

बागमती प्रदेश -०२ ०४०प ,७१४६ नम्बर को मोटर साइकललाई एमएच १५ टीसी ०४१४ नम्बरको गाडीले ठक्कर दिएको हो । शुक्रबार गाडी सिक्नेक्रममा भएको दुर्घटनामा नेपाली सेनाका एक जना कर्मचारी घाइते भएका छन । उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ ।
प्रत्यक्षदर्शीका अनुसार कुँवरले सिक्दै गरेको महिन्द्राको पिकअपले विपरित दिशाबाट गुडिरहेको मोटरसाइकललाई उसैको दिशामा गएर ठक्कर दिएको थियो ।
प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार ०७:२२










