ओलीलाई समवेदना दिँदै बालेनको भावुक सन्देशः पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ
२९ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिताको निधनमा समवेदना प्रकट गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा निधन भएको थियो।

ओलीलाई समवेदना प्रकट गर्दै बालेनले फेसबुकमा लेख्नुभएको छ, ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन ।’ केही समयअघिमात्रै आफूले पिता गुमाएको स्मरण गर्दै बालेनले पिताको अनुपस्थितिबाट जिन्दगीमा कतिसम्म रित्तोपन ल्याउँछ भन्ने आफूले महसुस गरेको भावुक पोष्ट सेयर गर्नुभएको हो ।
‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ, ‘पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ,’ बालेनले लेख्नुभएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १९:३५










