२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

फेरि घट्यो अण्डाको मूल्य, प्रति क्रेट कति पुग्यो ?

२९ फागुन, काठमाडौं । अण्डाको मूल्य फेरी घटेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी बजारमा अण्डाको नयाँ बिक्री मूल्य तोकेको हो।

संघले तोकेको नयाँ मूल्यअनुसार अण्डाको भाउ क्रेटमा ४० रुपैयाँसम्मले सस्तिएको छ। नयाँ मूल्य सूची अनुसार एक्स एल अण्डाको मूल्य प्रति क्रेट ४५५ रुपैयाँमा झरेको छ। त्यसैगरी, ठुलो अण्डाको मूल्य क्रेट ४४० रुपैयाँ, मिडियम (मझौला) अण्डाको मूल्य ४१० रुपैयाँमा आइपुगेको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १४:१७