१ चैत्र २०८२, आईतवार | Sun Mar 15 2026

कलंकीमा स्कुटर दुर्घटना हुँदा धादिङकी सिर्जनाको मृत्यु

२९ फागुन, काठमाडौं । कलंकीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१४ कलंकी खसीबजारस्थित सडकमा बा.३५ प ९०४० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक ललितपुर गोदावरी बस्ने धादिङ घर भएकी ३२ वर्षीया सिर्जना आले मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १३:१८