झापामा रुखले किचेर किशोरीको मृत्यु
२९ फागुन, झापा । गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला उहाँलाई रुखले किचेको हो ।
प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार ०६:५८










