२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो

२७ फागुन, काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३९.८ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनकि गरेको ७ महिनाको तथ्यांक अनुसार साउनदेखि माघ मसान्तसम्ममा १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्ष माघमा मात्रै करिब १ खर्ब ९८ अर्ब ८ करोड रेमिट्यान्स भित्रिएको छ ।अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ भित्रिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १३८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९८६ अर्ब ३४ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख २७ हजार ४२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ७४ हजार ६२२ र १ लाख ९० हजार ८८६ रहेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार १७:५६