रिलायन्स फाइनान्सको अध्यक्षमा ईश्वरी प्रसाद न्यौपाने नियुक्त
२७ फागुन, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको अध्यक्षमा ईश्वरी प्रसाद न्यौपाने नियुक्त हुनुभएको छ । कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैठकले न्यौपानेलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि कम्पनीका अध्यक्ष रहनुभएका कुश प्रसाद मल्लीले पदबाट राजिनामा दिनुभएकोले रिक्त सो पदमा न्यौपानेलाई नियुक्त गरिएको हो ।
प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार १७:०८










