प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख ७५ हजार
२६ फागुन, काठमाडौं । नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार ज्ञवालीले आफ्नो चुनावी खर्च निर्वाचन आयोगमा पेस गर्नुभएको हो ।
उक्त विवरण अनुसार ज्ञवालीले चुनावी प्रचारप्रसार र व्यवस्थापनमा २६ लाख ७५ हजार ३३० रुपैयाँ खर्च भएको उल्लेख छ । ज्ञवालीको सबैभन्दा बढी खाना तथा आवासतर्फ ८ लाख ५० हजार रुपैयाँ खर्च भएको छ। सम्पर्क कार्यालय स्थापना ५ लाख ८० हजार रुपैयाँ, स्टेसनरी तथा प्रचार सामग्री छपाइ ४ लाख ५० हजार रुपैयाँ, विज्ञापन तथा सञ्चारतर्फ १ लाख ७५ हजार ३३० रुपैयाँ र यातायाततर्फ १ लाख रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार १४:५३










