२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

रास्वपा सहमहामन्त्री विपीन आचार्यको चुनाव खर्च १६ लाख २९ हजार

२६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपीन आचार्यले आफ्नो चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाउनुभएकाे छ । उहाँ दाङ २ बाट उम्मेदवार बनेर विजयी हुनुभएकाे थियाे ।

उहाँनको विवरण अनुसार निर्वाचनमा १६ लाख २९ हजार ५६२ रूपैयाँ खर्च भएको छ ।  उहाँले प्रचारप्रसार सामग्रीमा सबैभन्दा बढी ४ लाख ३५ हजार १२५ रुपैयाँ खर्च गर्नुभएकाे विवरणमा उल्लेख छ । यस्तै, सवारी साधन/ढुवानीमा ३ लाख ५९ हजार ३५० रुपैयाँ, गोष्ठी अन्तरक्रिया तथा सभामा २ लाख १४ हजार ५५, छापा तथा विद्युतीय माध्यममा २ लाख रुपैयाँ खर्च भएकाे छ । कार्यलय सञ्चालन खर्च १ लाख ९७ हजार ३०० र प्रतिनिधि तथा स्वंसेवक परिचालन खर्च १ लाख ८९ हजार ६८० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार १२:२३