२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीले दिए बधाई

२६ फागुन, काठमाडौं । भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिनुभएकाे छ ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई भन्नुभएकाे छ । ‘नेपालको आम निर्वाचनमा ठुलो विजय हासिल गर्नुभएमामा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ। साथै सफल चुनावका लागि म नेपाली जनतालाई पनि बधाई दिन्छु’, भुटानका प्रधानमन्त्री तोब्गेले लेख्नुभएकाे छ, ‘दुई देश बिचको गहिरो मित्रता अझ प्रगाढ बन्ने आशा छ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार ११:४९