अन्तर्राष्ट्रिय बजारमा घट्यो तेलको मूल्य
२६ फागुन, काठमाडाैं । विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको बीबीसीले जनाएको छ ।
सोमबार मुरबान क्रुडको मूल्य प्रतिव्यारेल ११८ डलर नाघेको थियो। तर मंगलबारसम्म आइपुग्दा यसको मूल्य घटेर करिब ११० डलरमा झरेको छ। यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि घटेर प्रतिव्यारेल ८८.४१ डलरमा सीमित भएको छ भने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) प्रतिव्यारेल ८४.८२ डलरमा कारोबार भइरहेको छ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको थियो। पछिल्ला पाँच वर्षयताकै उच्च स्तरमा पुगेको तेलको मूल्य ट्रम्पको वक्तव्यपछि भने घट्न थालेको हो।
प्रकाशित मिति : March 10, 2026 at 11:26 am









