बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२६ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३१० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार ११:००










