गौरादहका नगरप्रमुख छत्रपति सुवेदीलाई दूर्व्यवहार गर्ने सिटौला पक्राउ
२५ फागुन, झापा । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई घरमै गई दुव्र्यवहार गरेको आरोपमा सोही पालिकाको वडा नं ५ निवासी ३४ वर्षीय भीष्म सिटौला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार सिटौलाले आइतबार राति नगरप्रमुख सुवेदीलाई गालीगलौज एवं दुव्र्यवहार गरेका थिए ।
पक्राउ परेका आरोपी सिटौलालाई आज जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित गराइएकोमा मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा १० दिन म्याद थपेर अनुसन्धान गर्ने निर्णय भएको खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १७:५४










