सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
२५ फागुन, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सोमबार सुनको मूल्य तोलामा३ हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ४१० रुपैयाँमा खरिदबिक्री भइरहेको हो । आइतबार चाँदी तोलाको ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ११:०२










