२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

बाँस्कोटाको ओली लक्षित वाणी ‘समयले सुधारेन भने डाईनोसर बनिएला’

२५ फागुन, काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अझै पनि समयले नसुधारे एमाले डाईनोसर बन्न सक्ने टिप्पणी गर्नुभएको छ । आफ्नै फेसबुक मार्फत सोमबार बिहान उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली लक्षित टिप्पणीमा बाँस्कोटाले पिरामिड शैलीको एमालेलाई सोली बनाइएको पनि टिप्पणी गर्नुभएको छ । चुनावी मतपरिणामपछि एमालेका धेरैजसो नेता र कार्यकर्ताले ओली कार्यशैली र प्रवृतिको बिरोध गर्दै राजीनामाको दबाब बढाइरहेको समयमा बाँस्कोटाको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।

dainiki.com

उहाँले भन्नुभएको छ, ‘नोष्टालजिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि-भिजन,रि-थिङ्क,रि-स्ट्रक्चरिङ र रिनोभेट सामान्य रुपमै भैहाल्छ । पिरामिड थियो, फुलि थप्न सोली बनायौ। लोकप्रिय छौ भनेको नेताको मात्रै प्रिय भइएछ। समयले सुधारेन भने डाईनोसर बनिएला क्यार्नु त ? डोन्टओरी !’

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ०८:०८