नुवाकोट १ मा रास्वपाका डा विक्रम तिमल्सिना विजयी, तीन पूर्वमन्त्री एकै ठाउँमा पराजित
२४ फागुन, काठमाडाैँ । नुवाकोट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा विक्रम तिमल्सिना विजयी हुनुभएको छ । तिमल्सिनाले नेपाली कांग्रेसका डा प्रकाशशरण महतलाई ३ हजार ९९८ मतान्तरमा पराजित गर्नुभयो ।

डा तिमल्सिनाले २२ हजार ६०९ मत प्राप्त गर्दा दोस्रो हुनुभएको डा महतले १८ हजार ६११ मत प्राप्त गर्नुभयो । तेस्रो हुनुभएको नेकपाका हितबहादुर तमाङले १३ हजार ४०३ मत प्राप्त गर्नुभयो । त्यस्तै एमालेका बद्री मैनालीले ८ हजार ७२१ मत प्राप्त गर्नुभयो । पराजित हुनुभएको महत, तामाङ र मैनाली तीनै जना पूर्वमन्त्री हुनुहुन्छ ।
प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार २३:०६










