२४ फाल्गुन २०८२, आईतवार | Sun Mar 8 2026

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

२४ फागुन, काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट विजयी हुनुभएको छ । साम्पाङले ८ हजार ४९२ मतान्तरले जित हासिल गर्नुभएको हो ।

अन्तिम मतपरिणामअनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत पाउनुभएको छ।

नेकपा ९एमाले०का उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत पाउनुभएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १३:४६