सप्तरी–१ मा रास्वपा उम्मेदवार चौधरी विजयी
२४ फागुन, सप्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार पुष्पाकुमारी चौधरी विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत जानकीरमण यादवका अनुसार चौधरीले ३८ हजार ११५ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा स्वाभिमान पार्टीका सुमित कुमारले ७ हजार ८४७ र नेकपा (एमाले)का सुमनराज प्यकुरेलले ७ हजार ६५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १३:३८










