७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

भोजपुरमा श्रम संस्कृतिका उम्मेदवार ध्रुवराज अगाडि, पछ्याउँदै शेरधन राई

२४ फागुन, भोजपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरको पछिल्लो परिणमाअनुसार भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले १४ हजार २४१ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

यसैगरी, नेकपा (एमाले)का उम्मेदवार शेरधन राईले १२ हजार ३२२ मत प्राप्त गरी श्रमसंस्कृतिका उम्मेदवारलाई पछ्याउँदै हुनुहुन्छ भने आठ हजार २०९ मत प्राप्त गरी नेपाली कांग्रेसका बालकृष्ण थापा तेस्रो स्थानमा रहेको निर्वाचन अधिकृत डिकेन्द्र सुवेदीले जानकारी दिनुभएको छ ।

सो निर्वाचन क्षेत्रमा कूल एक लाख २५ हजार ७६६ मतदाता भएकामा ५८ हजार १६७ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका जम्मा १२ जना प्रत्यासी हुनुहुन्छ ।

प्रकाशित मिति : March 8, 2026 at 12:07 pm