२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल विजयी

२४ फागुन, काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पार्नुभएको हो ।

निर्वाचन आयोगका अनुसार रास्वपाका पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार लुईटेलले १३ हजार ९४८ मत प्राप्त गर्नुभएको हो ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याउनुभएको छ । श्रम संस्कृति पार्टीका उद्धव कुमार राईले ३ हजार ८५८ मत ल्याउनुभएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १०:२५