पाल्पा–२ मा रास्वपाका डा माधवबहादुर थापा विजयी
२४ फागुन, पाल्पा । पाल्पा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा माधवबहादुर थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनकोे अन्तिम मतपरिणामअनुसार उहाँले २६ हजार ७३६ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो । त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३ मत प्राप्त गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सोमप्रसाद पाण्डेयले पाँच हजार २८८ र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत पराजुलीले जानकारी दिनुभयो । यहाँ यसअघिको निर्वाचनमा एमालेका ठाकुर गैरे विजयी हुनुभएको थियो ।
प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार ०७:३६










