कांग्रेस र एमालेका साझा उम्मेदवार केपी ओलीको शर्मनाक हार
२३ फागुन, झापा । झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले शानदार विजय प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै बालेनले शानदार विजय प्राप्त गर्नुभएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेको साझा उम्मेदवार रहनुभएको ओलीले भने शर्मनाक हार व्यहोर्नुभएको छ । मतदानको पूर्व सन्ध्यामा कांग्रेस र एमालेले चितवन २ र झापा ५ मा तालमेलको निर्णय गरेका थिए ।
बालेनले ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मत मात्रै पाएका छन् । झापा ५ लाई देशैभर चासोका साथ हेरिएको थियो ।
प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १८:५५










