२३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026

एमाले अध्यक्ष केपी ओलीकाे जमानत जोगियो, १० हजार मत कट्यो

२३ फागुन, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जमानत जोगाउनु भएको छ । झापा ५ मा खसेको एक लाख भन्दा बढी मतमा एक लाख मत मात्र सदर भए पनि पुग्ने गरी ओलीले १० हजार मत कटाउनु भएको छ ।

सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था रहेको छ । काठमाडौँसहित एमालेका धेरै ठाउँका उम्मेदवारको जमानत जफत भैरहेको छ ।

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनसँग प्रतिस्पर्धा गरिरहनुभएको ओलीको अहिले ३५०८० मतान्तर रहेको छ । ७५३७७ मत गणना हुँदा  बालेनले ४७७७९ मत प्राप्त गर्नुभएको छ । ओलीले १२६९९ मत प्राप्त गर्नुभएको छ । ३०९९५ मत गणना हुन बाँकी रहेको छ ।

बालेन विजयी भैसक्नुभएको छ । गणना हुन बाँकी सबै मत अब सूर्य चिन्हमा प्राप्त भए पनि ओलीले चुनाव जित्नुहुन्न ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १३:३६