२३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026

डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी

२३ फागुन, डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित हुनुभएको छ ।  उहाँले १४ हजार ८९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जानकारी दिनुभयो ।

dainiki.com

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २७० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार त्रिलोचन भट्टले पाँच हजार ४१३ मतमा सीमित हुनुभएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १२:०६