२४ फाल्गुन २०८२, आईतवार | Sun Mar 8 2026

मार्च १५ मा एडिलेडमा विशेष सत्सङ्ग हुदै, पण्डित कुबेर आउदै

एडिलेड । साउथ अष्ट्रेलियाको एडिलेडमा पण्डित कुबेर सुवेदी र मुकुन्द शर्मा हुमागाईंको विशेष सत्सङ्ग कार्यक्रम आगामी मार्च १५ आइतवार हुने भएको छ ।

नेपाली हिन्दु समाज दक्षिण अष्ट्रेलियाद्धारा आयोजना हुने कार्यक्रम दिनको २:०० बजे स्थानिय मोडबरी नर्थस्थित ५ फेमेचोन क्रेस, मोडबरी नर्थ (द पाम्स बैंक्वेट हल) मा आयोजना हुने भएको छ ।
कथा व्यासका रूपमा १८ महापुराणका प्रख्यात वक्ता पण्डित कुबेर सुवेदी ले विशेष प्रवचन दिनेछन्। त्यसैगरी, श्री मुकुन्द शर्मा हुमागाईं (लङ्गे धरे धामका पीठाधीश्वर) को पनि विशेष उपस्थित हुने समाजले जनाएको छ।

कार्यक्रम संयोजक उद्धव खतिवडाकाले एडिलेडमा रहेको नेपाली समुदायलाई धर्म, संस्कारलाई आध्यात्मिक चेतनासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । 

खतिवडाले यहा हुर्किदै गरेर नयाँ पुस्ता बालबालिकाहरुका लागि समेत विशेष प्रवचन गुरुहरुले प्रदान गर्ने बताउनु भयो । उहाले समुदायमा नैतिक मूल्य, संस्कार र आध्यात्मिक चेतना अभिवृद्धि गर्न आयोजना गरिएको बताउदै  एडिलेडवासी नेपाली समुदायलाई कार्यक्रममा निमन्त्रणा गर्नु भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १०:३२